९ कार्तिक २०८३, आइतबार

थपिए १७९ कोरोना संक्रमित, एक जनाको मृत्‍यु

  • २७ भदौ २०७९, सोमबार
Image

काठमाडौं- पछिल्लो २४ घण्टामा थप १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९५९ जनाको परीक्षणमा १७९ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ६०० जनाको पीसीआर परीक्षण गर्दा १२७ जना र २ हजार २५९ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ। योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार २७१ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा १७१ जना संक्रमणमुक्त भएका छन्। जसमध्‍ये २ हजार १९० जना होम आइसोलेसनमा रहेका छन् भने ८१ जना संस्थागत आइसोलेसन र १५ जना आईसीयूमा छन्।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५० हजार ३५१ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर