८ कार्तिक २०८३, शनिबार

पाकिस्तानका बाढी प्रभावितलाई २ करोडको राहत सामग्री सहायता गर्ने सरकारको निर्णय

  • २७ भदौ २०७९, सोमबार
Image

काठमाडौं- नेपाल सरकारले पाकिस्तानका बाढी प्रभावितलाई २ करोड बराबरको राहत सामग्री प्रदान गर्ने निर्णय गरेको छ। भदौ २१ गते बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले सोमबार विज्ञप्ति जारी गर्दै भदौ २१ गतेको मन्त्रिपरिषद् बैठकले राहत प्रदान गर्ने निर्णय गरेको जानकारी दिए।

‘बाढीबाट प्रभावितहरुको लागि नेपाल सरकारको तर्फबाट सहायतास्वरुप पाकिस्तान सरकारलाई नेरु २ करोड बराबरको राहत सामग्रीहरु प्रदान गर्ने नेपाल सरकार (मन्त्रिपरिषद्) बाट मिति २०७९।०५।२१ गते निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

सरकारले पाकिस्तानमा बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त समेत व्यक्त गरेको छ। 


प्रतिक्रिया

सम्बन्धित खवर