काठमाडौं- सरकारले मधेस प्रदेशमा चिडियाखाना स्थापना गर्न स्वीकृति दिने निर्णय गरेको छ। भदौ २७ गते बसेको मन्त्रिपरिषद्ले मधेस प्रदेशमा चिडियाखाना स्थापना गर्न स्वीकृति दिने निर्णय गरेको हो।
मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिएका हुन्।
कार्कीका अनुसार बैठकले प्रहरी वरिष्ठ उपरीक्षक निरञ्जन विष्टलाई राष्ट्रिय स्वतन्त्रता केन्द्रको प्रहरी कर्मचारीतर्फ प्रहरी नायब महानिरीक्षक पदमा बढुवा गर्ने निर्णयसमेत गरेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation