९ कार्तिक २०८३, आइतबार

यू-१७ साफ च्याम्पियनसिप : उपाधिका लागि नेपाल र भारत भिड्दै

  • २९ भदौ २०७९, बुधबार
Image

काठमाडौं- यू-१७ पुरुष साफ च्याम्पियनसिप उपाधिका लागि नेपाल र भारतबीच बुधबार प्रतिस्पर्धा हुँदैछ। कोलम्बोमा जारी प्रतियोगितामा नेपालले सेमिफाइनलमा घरेलु टोली श्रीलंकालाई पराजित गरेको थियो।

भारतले बंगलादेशलाई हराउँदै फाइनल पुगेको हो। दुईबीचको फाइनल खेल राति सवा ८ बजे सुरु हुनेछ। चौथोपटक फाइनल पुगेको नेपालका लागि पहिलोपटक उपाधि जित्ने सुनौलो अवसर छ।

यसअघि तीनपटक नेपाल फाइनल पुगेर पनि भारतसँग निरास बन्दै आएको छ। नेपाल र भारत यसपटक एकै समूहमा परेका थिए । जसमा नेपाल ३-१ ले विजयी भएको थियो।

सन् २०१९ को फाइनलमा नेपाललाई भारतले ६-० ले पराजित गरेको थियो। नेपाली टोलीका प्रशिक्षक उर्जन श्रेष्ठ भारतमाथि समूह चरणमा जित निकालेको भए पनि फाइनल भिडन्त कठिन हुने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर