९ कार्तिक २०८३, आइतबार

बाबुराम भट्टराईले भने- नागरिकता विधेयकमा राष्ट्रपतिले बहानाबाजी गर्नु हुँदैन

  • १ असोज २०७९, शनिबार
Image

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दुवै सदनबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपतिले बहानाबाजी नगरी प्रमाणीकरण गर्नुपर्नेमा जोड दिएका छन्। प्रतिनिधिसभाको अन्तिम बैठक सम्बोधन गर्दै उनले नागरिकता विधेयकलाई बहानाबाजी गरेर रोक्न नहुने बताएका हुन्। 

‘नागरिकता विधेयक अब कुनै पनि बहाना नगरी छिटो जारी गर्नु पर्छ,’ भट्टराईले भने, ‘मलाई विश्वास छ राष्ट्रपतिज्यूले पारित गर्नुहुनेछ।’ नागरिता विधेयकको मुद्दालाई दलहरुले दलीय, गुटीय र क्षेत्रीय आधारमा लम्ब्याइरहेको उनको भनाइ थियो।

‘अहिले नागरिकता विधेयकको कुरो आइराखेको छ। एउटा सामान्य विषयमा नागरिकता प्रत्येक नागरिकले पाउने सामान्य नैसर्गिक अधिकार हुन्थ्यो नि,’ भट्टराईले भने, ‘त्यस्तो विषयमा पनि हामी किन विवाद गरिराखेका छौं? किन दलीय आधारमा, गुटीय आधारमा, क्षेत्रीय आधारमा यो मुद्दा हामीले लम्ब्याइ राखेका छौं?’

उनले नागकिरता विधेयकका बारेमा छुद्र काम कसैले नगर्न पनि आग्रह गरे। ‘म आग्रह गर्न चाहन्छु यस्तो प्रवृत्तिको छुद्र काम हामीले नगरौं,’ भट्टराईले भने।

प्रतिक्रिया

सम्बन्धित खवर