काठमाडौं- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोग प्रस्तावका विषयमा निष्कर्ष लेख्ने जिम्मा महाभियोग समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टले पाएका छन्।
शनिबार दिउँसो सुरु भएको बैठकमा चोलेन्द्रलाई महाअभियोग लगाउने वा नलगाउने विषयमा सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुबीच विवाद भएको थियो। त्यसपछि समितिको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्यलाई प्रतिवेदनको निष्कर्ष लेख्ने जिम्मा दिइएको एक सदस्यले बताए।
सभापतिले दिएको निष्कर्षमा सबै सदस्यको चित्त बुझेमा एकमतले पारित गरिने र चित्त नबुझेमा पुनः छलफल हुने ती सदस्यले बताए। समितिको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation