काठमाडौं- नेपालको संविधान निर्माण भइ जारी भएको आठौं वर्षगाँठको अवसरमार देशभर विविध कार्यक्रम गरी मनाइँदैछ।
आठौं संविधान दिवसको अवसरमा सोमबार (३ असोज) टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ। संविधान दिवस मूल समारोहको संयोजनमा उक्त कार्यक्रम गरिएको हो।
समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुखलगायत सहभागी थिए।
शान्तिको प्रतीक परेवा उडाउने, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज गर्ने, झाँकी प्रदर्शन गर्ने लगायत विभिन्न सैनिक कौशल पनि देखाइएको थियो।






© Lok Kalam . Designed and Developed by Goldenmud Creation