काठमाडौं- राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक कुमार थापाले पदबाट राजिनामा दिएका छन्। साफ च्याम्पियनसिपको फाइनलमा सोमबार बंगलादेशसँग ३–१ ले पराजित हुँदै उपाधि जित्न असफल भएपछि प्रशिक्षक थापाले राजिनामाको घोषणा गरेका हुन्।
सोमबार भएको खेलमा बंगलादेशसँग पराजित हुँदै नेपाल इतिहास रच्न चुकेको हो। पाँचौंपटक फाइनलमा पराजित हुँदै नेपाल साफ च्याम्पियनसिपको उपविजेतामा सीमित रह्यो।
प्रशिक्षक थापाले आफूले बाचा गरे अनुसार नतिजा नआउँदा राजीनामा दिएको बताए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation