९ कार्तिक २०८३, आइतबार

प्रचण्डले भने - म प्रधानमन्त्रीको रेसको छैन

  • १० असोज २०७९, सोमबार
Image

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताएका छन्।

घटस्थापनाका अवसरमा आज चितवनमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले केही वर्षदेखि नै आफू प्रधानमन्त्रीको रेसभन्दा बाहिर रहेको बताएका छन्। उनले आर्थिक विकास र समृद्धिलाई पहिलो प्राथमिकता बनाएको बताए।

‘मंसिर ४ मा चुनाव आउँदैछ। यहाँ प्रधानमन्त्रीको कुरा पनि आयो। म प्रधानमन्त्रीको रेसमा केही वर्षदेखि छैन। मैले चाहेको भए २०७४ मा पाँचै वर्षका लागि प्रधानमन्त्रीको अफर थियो। अहिले पनि छ तर मैले जनताको आर्थिक विकास र समृद्धिलाई पहिलो प्राथमिकता ठानेको छु,’ उनले भने।

उनले राजनीतिक स्थिरता, आर्थिक विकास र समृद्धिका अघि प्रधानमन्त्री पद मुख्य नभएको पनि दाबी गरेका थिए।



प्रतिक्रिया

सम्बन्धित खवर