८ कार्तिक २०८३, शनिबार

राष्ट्रपतिले सर्वसाधारणलाई दसैँको टीका लगाइदिने

  • १३ असोज २०७९, बिहिबार
Image

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँको टीका इच्छुक मन्त्रीदेखि सर्वसाधारणलाई लगाइदिने भएकी छन्।

उच्च पदस्थदेखि सर्वसाधारण व्यक्तिलाई राष्ट्रपति भण्डारीले बडादसैँको टीका लगाइदिने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए। 

उनका अनुसार विजया दशमीका दिन १९ असोजमा दिउँसो २ देखि ३ बजेसम्म उच्च पदस्थ व्यक्तिहरूलाई र सोही दिन दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म सर्वसाधारणलाई बडादसैँको टीका लगाइदिने कार्यक्रम तय गरिएको छ।

टीका ग्रहण गर्ने जानेलाई मर्यादित पोशाक लगाउनुपर्ने र राष्ट्रपति कार्यालयको प्रवेशद्वार नम्बर १ बाट प्रवेश गर्न भनिएको छ। 

 

प्रतिक्रिया

सम्बन्धित खवर