काठमाडौं- युक्रनले आफ्नो महत्वपूर्ण रणनीतिक सहर लिमानलाई आफ्नो नियन्त्रणमा लिएको छ।
गत फेब्रुअरीमा आक्रमण सुरु गरेयता रुस महत्वपूर्ण सहरबाट पछि हटेको हो। रुसी रक्षा मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो समय हजारौं युक्रेनी सेनाले उक्त सहरलाई घेरा हालेसँगै रुसी सेना उक्त सहरबाट बाहिरिएको हो।
लिमान सहरमा जित हात पारेसँगै आगामी दिनमा युक्रेनी सेनालाई डोनेट्स र लुहान्स्क क्षेत्रमा पुग्न सहज पहुँच मिल्नेछ। सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भिडियोमा युक्रेनी सेनाले उक्त सहरमा युक्रेनको राष्ट्रिय झण्डा फहराइरहेको देख्न सकिन्छ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त सहरमा आफ्नो झण्डा फहराइएको भए पनि लडाइँ अझै पनि जारी रहेको बताएका छन्।
यद्यपि उनले यस विषयमा थप जानकारी भने दिइएको छैन। लिमान सहर हालै मात्र रुसले आफ्नो भूभागमा गाभेको डोनेट्समा पर्छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation