९ कार्तिक २०८३, आइतबार

मकवानपुरमा रात्रि बस दुर्घटना : २ को मृत्यु, ६ जना गम्भीर घाइते

  • १७ असोज २०७९, सोमबार
Image

मकवानपुर- मकवानपुरको हेटौंडा–१५, चुरियामाई मन्दिर नजिक सोमबार राति भएको बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत पर्ने यस सडक खण्डमा भएको यात्रुबाहक बस दुर्घटनामा ६ जना गम्भीर र ३० जना यात्रु घाइते भएका छन्।

काठमाडौंबाट दमकतर्फ जाँदै गरेको ना.७ ख २०३२ नम्बरको रात्रि बस अनियन्त्रित भई राति करिब १ बजे नालीमा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए।

दुर्घटनामा मृत्यु हुनेमा झापाको दमक–५ मोडेल क्याम्पस नजिक बस्ने ६० वर्षीय दिल्लीबहादुर दर्जी र मोरङ बेलबारी नगरपालिका–८ की अन्दाजी ५१ वर्षीया कल्पना राजवंशी रहेका प्रवक्ता कार्कीले जानकारी दिए।

घाइते भएका ३६ जनामध्ये ३० जना सामान्य उपचारपश्चात् डिस्चार्ज गरिएको र थप उपचारका लागि २ जनालाई काठमाडौं, ३ जनालाई भरतपुर रिफर गरिएको र १ जनाको हेटौंडामै उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर