काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पछिल्लो केही समयदेखि काठमाडौं महानगरभित्र बनेका अवैध संरचनाहरु भत्काउने अभियान चलाएका छन्। यस क्रममा केही स्थानमा अवैध संरचना भत्काउन बालेन डोजर लगेर आफैँसमेत पुगेका थिए।
अवैध संरचना हटाउने क्रममा काठमाडौं महानगर प्रमुख बालेन शाहले दरबारमार्गस्थित एक व्यापारिक भवनको पार्किङ हुनुपर्ने ठाउँमा रहेको 'लण्डन पब' पनि हटाएको थियो। अहिले उक्त पब पारी पट्टिको भवनमा सरेको छ र यो पब सुचारु भएसँगै बालेन शाहले उक्त रेस्टुरेन्टमै पुगेर सञ्चालकलाई धन्यवाद व्यक्त गरेका छन्। सञ्चालकले पनि खुसी भएर स्वागत गरेका थिए।
श्रीमतीसहित पुगेका बालेनले केही समय श्रीमतीसहित नृत्यसमेत गरेका थिए।


© Lok Kalam . Designed and Developed by Goldenmud Creation