काठमाडौं- आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले देशभरका १६५ क्षेत्रमा तरुणहरु खटाएको छ।
नेपाल तरुण दलको केन्द्रीय समितिले देशभरका सम्पूर्ण तरुणहरुलाई परिचालन गरी क्रियाशील गराउनका लागि १६५ निर्वाचन क्षेत्रहरुमा केन्द्रीय प्रतिनिधि खटाएको हो।
तरुण दलले सूचना जारी गर्दै भनेको छ, 'सम्पूर्ण केन्द्रीय प्रतिनिधिहरुलाई आ-आफ्नो खटाएको निर्वाचन क्षेत्रमा तत्काल गइ तोकिएको कार्य सुरु गर्न र निर्वाचन सम्पन्न भइसकेपछि आ-आफूलाई तोकिएको क्षेत्रको कार्य विवरण प्रतिवेदनको रुपमा केन्द्रीय कार्यालयमा बुझाउन हुन आग्रह गरिन्छ।'






© Lok Kalam . Designed and Developed by Goldenmud Creation