काठमाडौं- प्रदेश लोक सेवा आयोगले प्रदेश-१ अन्तर्गतका विभिन्न स्थानीय तहका लागि ३४ जनाको आवेदन माग गरिएको छ।
स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका अप्राविधिक तर्फका पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षा गर्न लागिएको आयोगले जनाएको छ।
योग्यता पुगेका उमेदवारहरूले कात्तिक २७ गतेसम्म आवेदन दिन सक्नेछन्। न्यूनतम योग्यता पुगेका उमेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिनुपर्नेछ। प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उमेदवारहरूको रोजाई र प्राथमिकता क्रम अनुसार स्थानीय तह तोकी सिफारिस गरिने जनाइएको छ।
सिफारिस भएका उमेदवारलाई सम्बन्धित स्थानीय तहले नै स्थायी नियुक्ति दिनेछन्। सेवाका सर्त र तलब तथा अन्य सुविधा प्रचलित कानुन बमोजिम हुने आयोगले जारी गरेको सूचनामा उल्लेख छ।

© Lok Kalam . Designed and Developed by Goldenmud Creation