८ कार्तिक २०८३, शनिबार

ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता लुला विजयी

  • १४ कार्तिक २०७९, सोमबार
Image

रियो द जेनेरियो- ब्राजिलको राष्ट्रपतीय निर्वाचनको वामपन्थी नेता पूर्वराष्ट्रपति लुइज इनासियो ‘लुला’ दा सिल्भा विजयी भएका छन्। उनले दक्षिणपन्थी नेता जैर बोल्सोनारोलाई पराजित गरेका हुन्। 

लुलाले सबै वैध मतको ५०.८% मत पाएका छन्। यता, बोल्सोनारोका लागि ४९.२% मत खसेको छ। 

सन् २००३ देखि २०१० सम्म ब्राजिलको राष्ट्रपति रहेका लुलाले विभिन्न भ्रष्टाचार काण्डबाट निस्किएर राजनीतिक विरासत फर्काएका हुन्। 

लुलाले १ जनवरी २०२३ मा पदभार ग्रहण गर्नेछन्। त्यस बेलासम्म बोल्सोनारो नै पदमा रहनेछन्।

बोल्सोनारोका आलोचकहरूले उनलाई कोविड महामारीलाई सम्हाल्न नसकेको र अमेजनमा ठूलो वन फँडानीको अनुमति दिएको आरोप लगाएका छन्।

राष्ट्रपति बन्ने पक्का भएपछि लुलाले भनेका छन् कि उनको नेतृत्वमा बन्ने सरकारले अमेजनमा वन फँडानीलाई शून्यमा कटौती गर्न संघर्ष गर्नेछ।

'ब्राजिल र ग्रहलाई जीवित र सास फेर्न एउटा अमेजन चाहिन्छ,' वर्षावनमा अवैध गतिविधिलाई रोक्ने वाचा गर्दै, लुलाले भनेका छन्, 'एउटा उभिइरहेको रूख अवैध रूपमा काटिएको एक टन काठभन्दा बढी मूल्यवान छ।'

लुला वामपन्थी ट्रेड युनियनका पूर्वनेता हुन् भने बोल्सोनारो दक्षिणपन्थी जनवादी र सेनाका पूर्वकप्तान हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर