काठमाडौं- प्रधानसेनापति प्रभुराम शर्माले उपरथीबाट रथीमा बढुवा हुनुभएका सीताराम खड्कालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति शर्माले सहायक रथीबाट उपरथीमा बढुवा भएका विजय थापा र आशबहादुर तामाङलाई पनि बढुवा भएको पदको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
मन्त्रिपरिषद्को यही कात्तिक १६ गतेको बैठकले उनीहरूलाई बढुवा गर्ने निर्णय गरेको थियो । सरकारले रथी खड्कालाई बलाध्यक्षको जिम्मेवारी प्रदान गरेको छ।
सैनिक मुख्यालयले उपरथी थापालाई सुदुरपश्चिम पृतनापति र उपरथी तामाङ्गलाई नेपाली सैनिक वार कलेजका शिक्षाध्यक्षको जिम्मेवारी दिएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation