९ कार्तिक २०८३, आइतबार

भीम रावलको धम्कीपछि फेरि सुदूरपश्‍चिम जाँदै ओली

  • २२ कार्तिक २०७९, मङ्गलबार
Image

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न फेरि सुदूरपश्चिम प्रदेश जाने भएका छन्। १८ कात्तिकमा दार्चुलाबाट चुनावी सभा सुरु गरेका ओली केही दिन अघि काठमाडौं फर्किएका थिए।

सुदूरपश्‍चिमको कञ्‍चनपुरमा आयोजित सभामा भीम रावलको पक्षमा नाराबाजी भएपछि ओली आक्रोशित भएका थिए। उनले रावलप्रति लक्षित गर्दै सुदूरपश्‍चिममा थुप्रै रावलहरु भएको अभिव्यक्ति दिँदै भीम रावल बुढो भइसकेको बताएका थिए। 

उक्त विषयमा भीम रावलले एक अन्तर्वार्ताका क्रममा आफूले ओलीले सम्बोधन गर्ने कार्यक्रममा भीड उचाल्‍ने काम नगरेको र उचाल्‍न चाहेको अवस्थामा ओलीले कार्यक्रम नै गर्न नसक्ने अवस्था सिर्जना हुने बताएका थिए। 

नेता रावलको उक्त चेतावनीपछि ओली फेरि २६ कात्तिकमा सुदूरपश्चिमका तीन स्थानका आमसभालाई सम्वोधन गर्ने भएका हुन्। एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार ओलीले २६ कात्तिक बिहान ११ बजे डोटीको दिपायल, २ बजे कैलालीको अत्तरियामा र ४ बजे लम्कीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

ओलीले कात्तिक १८ गते पनि दार्चुला, बैतडी र कञ्चनपुरको महेन्द्रनगरका तीनवटा सभालाई सम्बोधन गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर