काठमाडौं- पाकिस्तानले अष्ट्रेलियामा जारी आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। सिड्नीमा बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान उपाधि नजिक पुगेको हो।
न्युजिल्याण्डलाई पराजित गरेसँगै पाकिस्तान तेस्रो पटक टी-२० विश्वकपको फाइनलमा पुगेको हो। सन् २००९ पछि पहिलो पटक फाइनल पुगेको पाकिस्तानले उपाधिका लागि भारत र इंग्ल्याण्डको विजेतासँग खेल्नेछ।
न्युजिल्याण्डले दिएको १ सय ५३ रनको लक्ष्य पाकिस्तानले १९ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो। पाकिस्तानको जितमा मोहमद रिजवानले ५७ रनको अर्धशतकीय इनिङ खेले। यस्तै कप्तान बाबर आजमले ५३ रनको अर्धशतकीय इनिङ खेले । मोहमद हरिसले ३० रन जोड्दा शान मसुदले अविजित २ रन बनाए।
न्युजिल्याण्डका ट्रेन्ट बोल्टले २ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो। न्युजिल्याण्डका लागि ड्रयाल मिचेलले अविजित रहदै सर्वाधिक ५३ रनको अर्धशतकीय इनिङ खेले । जेम्स निशमले अविजित १६ रन बनाए।
कप्तान केन विलियम्सनले ४६ रन बनाए। डेभोन कोन्वेले २१ रन बनाउँदा ग्लेन फिलिप्सले ६ र फिन एलनले ४ रन जोडे। पाकिस्तानका शाहिन शाह अफ्रिदीले २ विकेट लिए।
मोहमद नवाजको नाममा एक विकेट रह्यो। पाकिस्तान १३ वर्षपछि आईसीसी टी-२० विश्वकपको फाइनलमा पुगेको हो।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation