काठमाडौं- मधेसी आयोगले सहरी विकास मन्त्री मेटमणि चौधरीलाई कारबाही गर्न निर्वाचन आयोगलाई पत्राचार गरेको छ।
दाङ-१ मा गठबन्धनबाट उम्मेदवार रहेका चौधरीलाई कार्तिक २१ गतेको एक टेलिभिजनबाट प्रसारित कार्यक्रममा मधेसीविरुद्ध अपमानजनक अभिव्यक्ति दिएको भन्दै मधेसी आयोगले कारबाहीका लागि पत्राचार गरेको हो।
चौधरीले मधेसी समुदायलाई ‘विवेकहीन र चेतना नभएको समुदाय रहेको’ जस्तो विभेदपूर्ण र जातीय विभेदमा केन्द्रित भाषण गरेको आरोप छ।
मधेशी आयोगले सो सम्बन्धमा मधेशी नागरिक समाज र संचारमाध्यमहरुले मधेशी आयोगमा उजुरी दर्ता गराएको जनाएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation