८ कार्तिक २०८३, शनिबार

मोरङ ३(१) मा कांग्रेसका मानबहादुर लिम्बूको उम्मेदवारी दर्ता

  • २४ कार्तिक २०७९, बिहिबार
Image

मोरङ- मोरङ ३(१) मा कांग्रेसका उम्मेदवार मानबहादुर लिम्बूले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको संशोधित निर्वाचन कार्यतालिको समय सीमाभित्र कांग्रेस महासमिति सदस्य लिम्बुले बिहीबार उम्मेदवारी दर्ता गराएका हुन्।

कांग्रेसका उम्मेदवार एवं प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री ५६ वर्षीय शेखरचन्द्र थापाको निधन भएपछि पार्टीले लिम्बुलाई उम्मेदवार बनाएको हो। बेलबारी- ८ का लिम्बू नेवि संघ मोरङका पूर्वअध्यक्षका साथै जिल्ला संगठनको समेत नेतृत्व गरिसकेका त्यस क्षेत्रका चर्चित अनुहार भएकाले पार्टीले उम्मेदवार बनाएपछि उम्मेदवारी दर्ता गराएको कांग्रेसका जिल्ला सदस्य भोजराज बस्नेतले बताए।

पार्टीले मोरङ–३ मा कांग्रेसका उम्मेदवार सुनील शर्मालाई आफूलाई जित्न सहज हुने उम्मेदवार छान्न जिम्मेवारी दिएको थियो। उनले आफूलाई अनुकूल हुनुका साथै आदिवासी जनजातिको बाहूल्य रहेको उक्त क्षेत्रमा लिम्बूलाई उम्मेदवार बनाउनुपर्ने भनेपछि पार्टीले टिकट दिएको बस्नेतले बताए।

लिम्बूको यस क्षेत्रमा एमालेका उम्मेदवार पथरीशनिश्चरे नगरपालिकाका पूर्वप्रमुख दिलीपकुमार राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीर्थबहादुर गुरुङलगायतसँग चुनावी प्रतिस्पर्धा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर