९ कार्तिक २०८३, आइतबार

अब नेपालमा राजतन्त्र ब्युँतिदैन : नेता सिटौला

  • २४ कार्तिक २०७९, बिहिबार
Image

झापा- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजतन्त्र नब्युँतिने बताएका छन् । झापाको ३ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका उनले संवैधानिक व्यवस्थाबमोजिम राज्यबाट सुविधा लिएका व्यक्तिले व्यवस्थाको विरोध गरेर हिँड्न नहुने बताए।

बिहीबार भद्रपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता सिटौलाले मुलुकको विकास र समृद्धिका लागि गठबन्धनका पक्षमा मतदान गर्न समेत आग्रह गरे। उनले नेपाली कांग्रेसले घोषणपत्रमा समेटेको ‘३–७३’ कार्यान्वयनका लागि गठबन्धनका उम्मेदवारको जीत आवश्यक भएको बताए।

कांग्रेसले ३ वर्षमुनिका बालबालिका र ७३ वर्षभन्दा बढी उमेर समूहका नागरिकको निःशुल्क उपचार गर्ने घोषणापत्रमा उल्लेख गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर