९ कार्तिक २०८३, आइतबार

झापा ३ मा जनताको समृद्धिको लडाइँ हो : अध्यक्ष लिङ्देन

  • २६ कार्तिक २०७९, शनिबार
Image

झापा- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले झापाको ३ नम्बर निर्वाचन क्षेत्रमा राजतन्त्र र गणतन्त्र बीचको लडाइँ नभएको बताएका छन्।

भद्रपुरमा शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘राजतन्त्र र गणतन्त्र साधन हो, साध्य होइन, राजतन्त्र र गणतन्त्र दुई भिन्दाभिन्दै बाटो हो, जसको मूल ध्येय जनताको समृद्धिसँग जोडिएको छ।’

राजतन्त्र र गणतन्त्र २ भिन्दाभिन्दै व्यवस्था भएको उल्लेख गर्दै उनले जनताको शान्ति, समृद्धिको चाहनालाई स्थापित गर्न विचारअनुसार आ–आफ्नो मार्ग पहिल्याएर अघि बढेको बताए।

‘कसैलाई एउटा बाटो मन पर्छ, कसैलाई अर्कै,’ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका उनले भने, ‘हामी आ–आफ्नो विचार र आस्था लिएर अघि बढेका छौं, गन्तव्य सबैको एउटै ध्यय हो, बाहिर चर्चा भएजस्तो यहाँ राजतन्त्र र गणतन्त्र बीचको लडाइँ कदापि होइन।’

झापा ३ मा एमाले र राप्रपाबीच चुनावी तालमेल जनताको समृद्धिका लागि नै भएको उनको भनाइ छ । आफ्नो चुनावी जीत सुनिश्चित भएको उनको भनाइ छ । मुलुकमा सुशासन र व्यवस्था परिवर्तनको अपेक्षा राख्ने सबै मतदाताले आफूलाई मतदान गर्ने उनले बताए।

विक्रम संवत् २०७४ सालको निर्वाचनमा जितेपछि झापा ३ को विकास र समृद्धिका लागि धेरै काम गरेको उनको दाबी छ। ‘हल्दिबारी, कचनकल लगायतका वासिन्दाले कालोपत्र हेर्न बिर्तामोड र भद्रपुरका केही छिटफुट ठाउँ पुग्नुपर्ने स्थिति थियो,’ उनले भने, ‘अहिले गाउँगाउँमा कालोपत्र सडक विस्तार भएको छ तर मैले केही गरिन भन्ने भ्रम छरिएको छ।’

प्रतिक्रिया

सम्बन्धित खवर