९ कार्तिक २०८३, आइतबार

चितवनमा डेंगी सङ्क्रमणका कारण ६ जनाको मृत्यु

  • २९ कार्तिक २०७९, मङ्गलबार
Image

चितवन- जिल्लामा साउन यता उपचारका लागि आएका ६ जनाको डेंगी रोगको सङ्क्रमणका कारण मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्ला र जिल्लाबाहिरका रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार हालसम्म १० हजार नौ सय ७४ जनाको परीक्षण गरिएकामा २ हजार नौ सय ४९ जनामा डेंगीको सङ्क्रमण देखिएको छ। सङ्क्रमितमध्ये २० हजार ५० जना चितवनका हुन् भने अन्य बाहिरी जिल्लाका रहेका छन्।

ठेगाना नखुलेका दुई सय ९१ र ठेगाना खुलेका ६ सय आठजना रहेको कार्यालयले जनाएको छ। जिल्लामा सबैभन्दा बढी डेंगी रोगको सङ्क्रमण भरतपुर महानगरपालिकामा देखिएको छ।

जहाँ १ हजार ४ सय ५० जनामा डेंगी रोग देखिएको केसीले बताए। उनका अनुसार खैरहनी नगरपालिकामा १ सय ६४, माडी नगरपालिकामा ३५, रत्ननगर नगरपालिकामा दुई सय ४३ जनामा डेंगी रोग देखिएको थियो।

यस्तै राप्ती नगरपालिकामा ९६, कालिका नगरपालिकामा ४८ र इच्छाकामना गाउँपलिकामा १४ जनामा डेंगीको सङ्क्रमण देखिएको थियो।

कार्यालयका अनुसार जिल्लामा भेटिएका सङ्क्रमितमध्ये १ हजार १ सय ३६ पुरुष र नौ सय १४ जना महिलामा डेंगीी रोगको सङ्क्रमण देखिएको उनले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर