९ कार्तिक २०८३, आइतबार

कैलाली-३ मा नागरिक उन्मुक्ति पार्टी विजयी

  • ६ मंसिर २०७९, मङ्गलबार
Image

धनगढी- कैलाली जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ मा नागरिक उन्मुक्ति पार्टीका गङ्गा चौधरी २३ हजार एक सय २० मत प्राप्त गरी विजयी भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी वाम–लोकतान्त्रिक गठबन्धन, नेकपा (माओवादी केन्द्र)का कृष्णकुमार चौधरीले १७ हजार सात सय ४९ मत प्राप्त गरेको निर्वाचन अधिकृत लक्ष्मीनारायण दाहालले जानकारी दिए।

सो क्षेत्रमा ६३ हजार सात सय ४० मत खसेकामा ५९ हजार सात सय १९ मत सदर भएको छ। प्रतिनिधिसभा सदस्यको अन्तिम परिणाम सार्वजनिक भएपछि प्रदेशसभातर्फको मतगणना सुरु गरिएको दाहालले बताए । जिल्लाका अन्य चार निर्वाचन क्षेत्रमा मतगणना जारी छ।

प्रतिक्रिया

सम्बन्धित खवर