९ कार्तिक २०८३, आइतबार

क्षेत्र परिवर्तन गर्दा पनि ११ हजार मतान्तरले विजयी भए मोहन बस्‍नेत

  • ९ मंसिर २०७९, शुक्रबार
Image

काठमाडौं- सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत विजयी भएका छन्। शुक्रबार बिहान सकिएको मतगणना अनुसार उनले नेकपा  एमालेका शेरबहादुर तामाङलाई ११ हजार ८ सय ७४ भारी मतान्तरसहित पराजित गरेका हुन्।

बस्नेतले ३९ हजार ३ सय ६७ मत ल्याउँदा एमालेका तामाङले २७ हजार ४ सय ९३ मत मात्रै ल्याउन सके।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माया गुरुङले २ हजार ४ सय ५२ मत ल्याइन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार नरसिंह श्रेष्ठले २ हजार ८ सय १९ मत ल्याए।

सत्तारुढ गठबन्धनले गरेको चुनावी तालमेलका कारण यसअघि क्षेत्र नम्बर १ बाट चुनाव लड्ने गरेका बस्नेत यसपटक क्षेत्र नम्बर २ मा आइपुगेका थिए।

बस्नेतसँगै निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा (ख) मा कांग्रेसका कृष्णकुमार तामाङ ‘समिर’ विजयी भएका छन्। एमालेका हस्त पण्डित भन्दा १ हजार ५ सय ५ मत बढी ल्याउदै समिर बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्। उनले १७ हजार ७ सय ५८ मत ल्याउदा एमालेका हस्त पण्डितले १६ हजार २ सय ५३ मत प्राप्त गरेका थिए।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका गोविन्द गुरुङले ३ हजार ४ सय ३३ मत ल्याएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर