इलाम- इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा अन्तिम वडाको मतगन्दा गन्दै गणना रोकिएको छ। मतदान अधिकृतको हस्ताक्षर नभएका ४० मतपत्र भेटिएपछि मतगणना रोकिएको हो।
यहाँ पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काबीच कडा प्रतिस्पर्धा देखिएको छ। विवादपछि मतगणनास्थलबाट गठबन्धनका प्रतिनिधिहरु बाहिरिएकाले छलफल पनि हुन पाएको छैन।
अन्तिम मतपरिणाम सार्वजनिक हुने बेलामा त्यहाँ गणना स्थगित भएको हो। यसअघि रुपन्देही ३ मा पनि विवाद भएपछि आयोगले एमालेका प्रतिनिधि मात्रै राखेर मतगणना गरेको थियो। आयोगले अहिलेसम्म सार्वजनिक गरेको परिणामअनुसार नेम्वाङले २९ हजार १ सय ३५ र खड्काले २८ हजार ५ मत ल्याएका छन्।
इलाम नगरपालिकाको वडा नं १ मतगणना सकिँदा नेम्वाङले अन्तिम परिणाममा पनि अग्रता लिएसँगै त्यहाँ विवाद भएर कांग्रेस कार्यकर्ताले नाराबाजी गरेका थिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation