९ कार्तिक २०८३, आइतबार

सुनसरी-२ बाट एमालेका भीम आचार्य निर्वाचित

  • १० मंसिर २०७९, शनिबार
Image

सुनसरी- सुनसरी निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार भीम आचार्य विजयी भएका छन्। उनले ३२ हजार ८ मत ल्याउँदै निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सीताराम महतोलाई पराजित गरे।

कांग्रेका महतले २६ हजार ५८ मत प्राप्त गरेका छन्। आचार्य यसअघि प्रदेश नं १ को सदस्यमा निर्वाचित भइ छोटो अवधिका लागि मुख्यमन्त्रीसमेत बनेका थिए। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका लाल विक्रम थापाले १९ हजार ३ सय ८६ मत पाए।

एमालेका भीम आचार्य ०६४ यता हरेक चुनावमा सुनसरीबाट निर्वाचित हुँदै आएका छन्। यसअघि संविधानसभा ०६४ र ०७० को चुनावमा तत्कालीन सुनसरी क्षेत्र नं ६ बाट विजयी भएका थिए भने ०७४ मा सुनसरी क्षेत्र नं १ को १ बाट प्रदेशसभामा निर्वाचित भएर अन्तिम समयमा मुख्यमन्त्री भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर