काठमाडौं- मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम चरणमा छ। मतगणना जारी रहेको सुनसरी–४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतबीच कडा प्रतिस्पर्धा चलिरहेको छ।
दुई दिन रोकिएर पुनः सुरू भएको मत गणनामा कार्कीले एमाले उम्मेदवार जगदीश कुसियैतलाई ३२८ मतले पछि पारेका छन्।
निर्वाचन आयोगका अनुसार पछिल्लो मत परिणाम अनुसार कार्कीले २६ हजार ५६३ मत ल्याउँदा कुसियैतको २६ हजार २३५ मत आएको छ।
यो क्षेत्रमा सुरुदेखि नै कांग्रेस र एमाले उम्मेदवारको कडा टक्कर देखिएको छ।
१६५ क्षेत्रमध्ये हालसम्म १६१ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ। ३ क्षेत्रको गणना अझै सुरु भएको छैन भने सुनसरी क्षेत्र नम्बर ४ को मतगणना जारी छ।
दोलखाका केही केन्द्रमा भने मंसिर १५ मा मतदान हुँदैछ। बाजुरा र स्याङ्जा–२ को मतगणना भने सुरू हुन सकेको छैन।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation