८ कार्तिक २०८३, शनिबार

चिसिँदै काठमाडौंको, न्यूनतम् तापक्रम ६.८ डिग्री

  • २० मंसिर २०७९, मङ्गलबार
Image

काठमाडौं- देशभर चिसो बढिरहेको छ। तराईमा हुस्सु लाग्न थालेको छ भने काठमाडौंको तापक्रम पनि लगातार घट्न थालेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहान काठमाडौंको न्यूनतम् तापक्रम ६.८ डिग्रीसेल्सियसमा झरेको छ भने अधिकतम तापक्रम १९.९ डिग्री मात्र छ।

मौसमविदहरूका अनुसार साँझ र बिहान अझ चिसो हुने गरेको छ। पश्चिम तराई, मध्य तराई र पूर्वी तराईका केही क्षेत्रमा हुस्सु लागेको छ। तर, मध्यान्नपछि क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ। 

एक किलोमिटर भन्दा कम पारदर्शिता हुँदा कुहिरो र त्यसभन्दा बढी पारदर्शिता हुँदा हुस्सु लाग्ने सम्भावना धेरै हुन्छ। हाल पहाडी भूभागमा आंशिक बदली छ। 


प्रतिक्रिया

सम्बन्धित खवर