काठमाडौं- निर्वाचन आयोगले शनिबार दिउँसो ४ बजेसम्मका लागि दिएको समायसीमामा समानुपातिक सूची बुझाउन मुख्य राजनीतिक दलहरू आन्तरिक तयारीमा छन्। यसैबीच प्रत्यक्षमा पहिलो र समानुपातिकर्फ दोस्रो ठूलो दल बनेको नेपाली कांग्रेसले २९ जना महिला र ३ जना पुरुष समानुपातिकर्फ समावेश गर्ने भएको छ।
संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुमध्ये ३३ प्रतिशत महिला हुनपर्ने प्रावधान अनुसार कांग्रेसले समानुपातिकतर्फबा २९ महिला समावेश गर्ने भएको हो।
समानुपातिकमा पाउने ३२ सिटमध्ये बाँकी ३ जना पुरुष छनोट हुनेछन्। कांग्रेस निकट स्रोतका अुनसार डा. प्रकाशशरण महत, बिमलेन्द्र निधि र जीवन परियार समानुपातिकमा समावेश हुने भएका छन्।
महत खस आर्यतर्फको, निधि मधेशीतर्फ र परियार दलिततर्फको क्लस्टरबाट समानुपाति सांसद बनाउने तयारी रहेको कांग्रेस स्रोतको भनाइ छ।
समानुपातिकको सूचीमा रहेका गोपालमान श्रेष्ठको पनि चर्चा थियो। यल्पि आदिवासी जनजातितर्फ प्रत्यक्ष जितेका सांसद धेरै भएका कारणले उनको संभावना कम भएको स्रोतको भनाइ छ।
‘कांग्रेसले प्रत्यक्षतर्फ उम्मेदवार नै न उठाएको र समानुपातिकमा नल्याउँदा प्रतिनिधित्व पुरुष तर्फ शून्य हुने भएकाले परियार आउनुहुन्छ’ एक पदाधिकारी निकट स्रोतले नेपालखबरसँग भन्यो।
कांग्रेसभित्रको आन्तरिक गुट व्यवस्थापन मिलाउनका लागि पनि परियारलाई समावेश गर्नुपर्ने बाध्यता छ। महत र निधि देउवा गुटका हुन भने परियार शेखर कोइराला गुटका हुन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation