९ कार्तिक २०८३, आइतबार

आयोगले निर्वाचनको अन्तिम परिणाम बुधबार सार्वजनिक गर्ने

  • २७ मंसिर २०७९, मङ्गलबार
Image

काठमाडौं- निर्वाचन आयोगले बुधबार मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा घोषणा गर्ने भएको छ।

बुधबार साढे १ बजे पत्रकार सम्मेलन गरेर अन्तिम नतिजा घोषणा गर्न लागिएको आयोगले जनाएको छ। निर्वाचनको सबै प्रक्रिया सकिएसँगै आयोगले अन्तिम नतिजा घोषणा गर्न लागेको हो।

यसअघि नै प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेकामा दलहरूले समानुपातिकको सूची पनि आयोगमा बुझाइसकेका छन्। 

मंसिर ४ को निर्वाचनमा प्रतिनिधिसभातर्फ १६५ र प्रदेशसभातर्फ ३३० क्षेत्रमा निर्वाचन भएको थियो। यसपटकको निर्वाचनमा प्रत्यक्षतर्फ ८४ र समानुपातिक तर्फमा ४९ दलले भाग लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर