९ कार्तिक २०८३, आइतबार

सीके राउत भन्छन्- हाम्रा मुद्दा सम्बोधन गर्नेलाई सरकार गठनमा सघाउँछौँ

  • ४ पुष २०७९, सोमबार
Image

काठमाडौं- जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफूहरूले उठाएको किसानका मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाउनेलाई सरकार गठनका लागि सघाउने बताएका छन्।

सोमबार निर्वाचन आयोगले आयोजना गरेको जलपान कार्यक्रममा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष डा. राउतले आफूहरूले किसानको मुद्दा उठाएर आएकाले किसानका मुद्दा सम्बोधन हुनुपर्ने बताएका छन्।

उनले आफ्नो पार्टीले उठाएको किसानको मुद्दाका साथसाथै शिक्षा, स्वास्थ्य र रोजगारीको मुद्दामा सुधार गर्ने प्रतिबद्धता जनाउनेलाई सरकार गठनका लागि सघाउने बताए।

राउतले सरकार गठनका लागि कसैको पनि स्पष्ट बहुमत नआएको अवस्थामा सरकार गठनका लागि निकास दिनु आफूहरूको जिम्मेवारी भएको बताए।

अध्यक्ष राउतले ठोस रूपमा र इमानदारितापूर्वक प्रतिबद्धता जायर हुनुपर्ने बताए। अध्यक्ष राउतले वर्तमान सत्तारुढ गठबन्धनप्रति आफूहरू सकारात्मक रहेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर