९ कार्तिक २०८३, आइतबार

चार्ल्स शोभराज १० वर्ष नेपाल फर्किन नपाउनेगरी निष्कासित

  • ८ पुष २०७९, शुक्रबार
Image

काठमाडौं- १० वर्ष नेपाल आउन नपाउने गरी सिरियल किलर चार्ल्स शोभराजलाई अध्यागमन विभागले निष्कासन गरेको छ।

कतार एयरलाइन्समार्फत उनलाई शुक्रबार साँझ साढे ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्रान्स पठाइएको हो। यसअघि सर्वोच्च अदालतले शोभराजलाई रिहा गरेर फ्रान्स पठाउन आदेश दिएको थियो।

सोहीअनुसार उनलाई आज साँझ फ्रान्स डिपोर्ट गरिएको हो। केन्द्रीय कारागार सुन्धारबाट छुटे लगत्तै अध्यागमन विभाग पुगेका उनले आफू आजै स्वदेश फर्किन चाहेको बताएका थिए।

उनी दुई विदेशी नागरिकको हत्या अभियोगमा दोषी ठहर भइ १९ वर्षभन्दा लामो समयदेखि काठमाडौंस्थित कारागारमा थिए।

९५ प्रतिशत कैद भुक्तान गरिसकेको र मुटुको बिरामी समेत भएको भन्दै शोभराजलाई बुधबार सर्वोच्च अदालतले रिहा गरेर १५ दिनभित्र स्वदेश फर्काउन आदेश दिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर