९ कार्तिक २०८३, आइतबार

टी-२० लिग : पहिलो खेलमा विराटनगर र लुम्बिनी भिड्दै

  • १० पुष २०७९, आइतबार
Image

काठमाडौं- काठमाडौंमा जारी नेपाल टी-२० लिगमा आज विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार भिड्दै छन्। कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा शनिबारबाट सुरु भएको लिगको दोस्रो दिन आज दुई खेल हुँदैछन्।

आज बिहान ९:१५ मा सुरु हुने खेलमा विराटनगर सुपर किंग्सले लुम्बिनी अल स्टारको सामना गर्दैछ। त्यस्तै लिगको दोस्रो खेल भने दिउँसो १:१५ बजे सुरु हुनेछ। यो खेलमा जनकपुर रोयल्सले पोखरा एभेन्जर्सको सामना गर्दैछ। पोखराले पनि आफ्नो पहिलो खेलमा जित निकालेको थियो। यता जनकपुरले भने लिगमा आज पहिलो खेल खेल्दैछ।

यसअघि कीर्तिपुरस्थित त्रिवी मैदानमा शनिबार दिउँसो सम्पन्न दोस्रो खेलमा लुम्बिनीले फारवेस्ट युनाइटेडलाई ६७ रनले हराएको थियो। 


प्रतिक्रिया

सम्बन्धित खवर