९ कार्तिक २०८३, आइतबार

कांग्रेस र माओवादीका शीर्ष नेताहरु छुट्टाछुट्टै छलफलमा

  • १० पुष २०७९, आइतबार
Image

काठमाडौं- नयाँ सरकार गठनका लागि बालुवाटारमा नेपाली कांग्रेसका शीर्ष नेताहरु र खुमलटारमा माओवादी केन्द्रका शीर्ष नेताहरु गठबन्धनमा सत्ता समिकरणबारे रणनीति तय गर्न छलफलमा जुटेका छन्। 

दुबै पार्टीका नेताहरुको छलफल सकिएपछि गठबन्धनको बैठक बस्ने तयारी छ। गठबन्धनको नेतृत्व गरिरहेको दल कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्नका लागि पहल गर्ने रणनीतिमा छ भने यता माओवादी केन्द्र पनि पहिलो कार्यकालका लागि सरकारको नेतृत्व आफ्नै दलले पाउनुपर्ने अडानमै छ। 

निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि पुस १० गते साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेकी थिइन्। 

प्रतिक्रिया

सम्बन्धित खवर