९ कार्तिक २०८३, आइतबार

बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै

  • १४ पुष २०७९, बिहिबार
Image

काठमाडौं- सत्ता गठबन्धनको बैठक आज दिउँसो बालुवाटारमा बस्ने भएको छ। प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन बैठक बिहीबार दिउँसो बस्ने गरी बोलाएका छन्।

यसअघि बुधबार प्रचण्ड निवास खुमलटारमा सत्ता साझेदार दल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री प्रचण्डले कुराकानी गरेका थिए। बैठकमा शक्ति बाँडफाँड र सरकारको साझा रणनीतिबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रदेश प्रमुखहरू, मुख्यमन्त्रीहरू, मन्त्रालयहरू कुन दलले के लिने र कति लिने भन्नेबारे छलफल गरेर भागबन्डा गर्ने तयारी छ।

तीन दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन भए पनि अरु पदको भागबन्डा टुंगिएको छैन। प्रदेशमा एमाले, माओवादी, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्रीमा दाबी गरिरहेका छन्।

राष्ट्रपति र सभामुख नेकपा एमालेले लिने मौखिक सहमति भएको बताइएको छ। तर अन्य पद कुन दलले लिने भन्नेबारे छलफल भएका छैनन्।

प्रतिक्रिया

सम्बन्धित खवर