९ कार्तिक २०८३, आइतबार

काठमाडौंबाट आपराधिक क्रियाकलापमा संलग्न १५५ जना पक्राउ

  • १६ पुष २०७९, शनिबार
Image

काठमाडौं- जिल्ला प्रहरी परिसर काठमाडौंले ६ महिनाको अवधिमा आपराधिक क्रियाकलापमा संलग्न एक सय ५५ जनालाई पक्राउ गरेको छ।

काठमाडौं प्रहरीले चालू आव २०७९-८० को साउनदेखि पुससम्मको अवधिमा आपराधिक क्रियाकलापमा संलग्न एक सय ५५ जनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले विभिन्न मितिमा अदालतले कैद र जरिवनाको फैसला सुनाएकामा फरार रहेका एक सय ५५ जनालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत पेस गरिएको जानकारी दिए।

पक्राउ परेकालाई अदालतले २९ वर्ष पाँच महिना छ दिन कैद र रु दुई करोड ९४ लाख ४९ हजार सात सय ५६ जरिवाना असुल गरेको प्रवक्ता मैनालीले बताए।


प्रतिक्रिया

सम्बन्धित खवर