९ कार्तिक २०८३, आइतबार

स्ववियु चुनाव चैत ५ मा गर्ने निर्णयको नेविसंघले गर्‍यो स्वागत

  • २१ पुष २०७९, बिहिबार
Image

काठमाडौं-  चैत ५ गते  त्रिभुवन विश्वविद्यालय (त्रिवि)को  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउने विद्यार्थी कल्याण परिषद्को निर्णयको नेपाल विद्यार्थी संघ (नेविसंघ) ले स्वागत गरेको छ।

आज बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले त्रिवि स्ववियु निर्वाचन चैत ५ गते गराउने निर्णय गरेको थियो। नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले स्ववियु निर्वाचनमा भाग लिन नेविसंघ तयार रहेको बताए। स्ववियु निर्वाचन कुनै पनि बहानामा रोकिन नहुनेमा उनले जोड दिए।

स्ववियु चुनावको सुनिश्चितताको लागि गम्भीर बन्न सम्पूर्ण सरोकारवाला पक्षहरूसँग उनले अपिल समेत गरेका छन्। साथै अध्यक्ष शेर्पाले स्नातक तहको सबै परीक्षाको नतिजा तत्काल सार्वजनिक गर्न पनि माग गरे। १४ वर्षपछि हुन लागेको चुनावबाट त्रिविका ६२ ओटा आंगिक क्याम्पसमा नयाँ नेतृत्व चयन हुनेछ।

त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन्। स्ववियु निर्वाचनमा २८ वर्ष उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागु गरिएको छ।






प्रतिक्रिया

सम्बन्धित खवर