९ कार्तिक २०८३, आइतबार

आजको मौसम : पहाडमा आंशिक बदली, तराईमा शीतलहर

  • २२ पुष २०७९, शुक्रबार
Image

काठमाडौं- हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य  प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली  रही तराईका धेरै भू-भागहरूमा हुस्सु लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाका अनुसार १७ पुदेखि तराईमा शीतलहर कायमै रहेको जनाएको छ। महाशाखाले शीतलहरको अवस्था केही दिन कायमै रहने जनाएको छ। पछिल्ला दिनमा तराईमा दिनभर हुस्सु-कुहिरो लाग्दै आएको छ। आज बिहान पनि तराईमा बाक्लो हुस्सु छ। 

हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। दिउँसो प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली तथा  बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन महाशाखाले गरेको छ। पश्चिम र मध्यतराईका धेरै स्थानमा हुस्सु-कुहिरो लाग्ने सम्भावना छ।  

प्रतिक्रिया

सम्बन्धित खवर