काठमाडौं- प्रदेश १ मा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीको दाबी पेश गरेका छन्। प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समयसीमाभित्र कार्कीले नेकपा (माओवादी) केन्द्रको सहयोगमा मुख्यमन्त्री दाबी पेश गरेका हुन्।
कार्कीलाई मुख्यमन्त्रीका लागि एमालेका ४०, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ र जनता समाजवादी पार्टीका १ सहित ६० जना सांसदले समर्थन जनाएका छन्।
नेपाली कांग्रेस र नेकपा एसले भने कार्कीलाई समर्थन गरेका छैनन् । प्रदेश १ मा एमालेले मुख्यमन्त्री र माओवादीले सभामुख लिने गरी सहमति जुटेको छ ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation