काठमाडौं- पश्चिमी न्यून चापीय प्रणालीका कारण मौसममा खराबी आएका कारण पहाडी क्षेत्रमा बदली छ भने तराईमा हुस्सु र कुहिरो लागेको छ। मध्य तराईमा शीतलहर पनि चलिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ। सुदूरपश्चिम, कर्णाली र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको आकलन गरिएको छ।
मंगलबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आकलन गरिएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation