९ कार्तिक २०८३, आइतबार

गण्डकीका मुख्यमन्त्री अधिकारी र तीन बिनाविभागीय मन्त्रीले लिए शपथ

  • २५ पुष २०७९, सोमबार
Image

पोखरा- गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी र तीन जना बिनाविभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री अधिकारी, एमालेकी सीताकुमारी सुन्दास, माओवादी केन्द्रका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङलाई सोमबार बिनाविभागीय मन्त्रीको शपथ गराएका हुन्।

एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ जना र नेकपा एसका एक जना गरी ३३ जना सांसदको समर्थनमा अधिकारी मुख्यमन्त्री बनेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर