काठमाडौं । टेबल टेनिसको प्रशिक्षण गराउदै आएको एनीज पिङपङ क्लब ललितपुरको धोबीघाटमा सञ्चालनमा आउने भएको छ। धोबीघाटस्थित लाइफ स्कुलले अनितासँगको सहकार्यमा टेबल टेनिसको प्रशिक्षण क्लब सञ्चालन गर्ने भएको छ । स्कुलकी फाउन्डर ईन्चार्ज महेश्वरी अमात्य र एनीज पिङपङकी प्रबन्ध निर्देशक अनिता महर्जनले आईतबार क्लबको संयुक्त उद्घाटन गरेका छन् ।फाउन्डर ईन्चार्ज अमात्यले विद्यार्थीलाई टेबल टेनिसको प्रशिक्षण दिन एनीज पिङपङसँग सहकार्य गरिएको बताईन् ।

तीन वटा बोर्ड राखेर क्लब सञ्चालन गरिने बताईएको छ । टेबल टेनिसकी राष्ट्रिय खेलाडी समेत रहेकी महर्जनले आफ्नो व्यक्तिगत लगानीमा एनीज पिङपङ क्लबको सुरुवात गरेकी हुन्। महर्जनले देशभर विभिन्न विद्यालयहरुमा विद्यार्थीहरुलाई टेबल टेनिसप्रति इच्छा जगाउन नयाँ सुरुवात गरिएको बताएकी छिन् । उनले क्लबको विस्तार कार्यलाई देशभर लैजाने समेत उल्लेख गरिन् ।
महर्जनले भर्खरै टेबल टेनिसको प्रशिक्षकको लेभल टु कोर्स समेत पास गरेकी छिन् । एकेडेमी सञ्चालन गरेर देशभर टेबल टेनिसको प्रचार र विस्तारमा लाग्ने उनको योजना छ ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation