काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँग कुनै सहमति नभएको प्रस्ट पारेका छन्। प्रतिनिधिसभामा विश्वासको मत लिएर बाहिरने क्रममा संसद् भवन बाहिर सञ्चारकर्मीसँगको कुराकानीका क्रममा प्रचण्डले उक्त धारणा राखेका हुन् ।
प्रधानमन्त्रीलाई कांग्रेसले कुन सर्तमा विश्वासको मत दियो भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भने, 'कुनै सर्त छैन।' विश्वासको मतको प्रस्तावमाथिको छलफलमा सत्ता साझेदार एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको पनि प्रधानमन्त्री प्रचण्डले रक्षा गरेका छन्। ओली र आफूबीच कुनै मतभेद नरहेको पनि उनले दाबी गरे।
प्रचण्डले संसद्मा पाएको अपार समर्थनले गर्व र ठूलो चुनौती थपिएको महसुस गरेको पनि बताए। उनले भने, 'मैले जे प्रतिबद्धता जाहेर गरेको छ त्यो पूरा गर्न विश्वासको मतले जिम्मेवारी र चुनौती थपेको छ। ती प्रतिबद्धता पूरा गर्ने उर्जा दिएको छ।'
© Lok Kalam . Designed and Developed by Goldenmud Creation