९ कार्तिक २०८३, आइतबार

सन्दीप लामिछानेले काठमाडौं उपत्यका छाड्न समेत अनुमति लिनुपर्ने

  • २८ पुष २०७९, बिहिबार
Image

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेले अब काठमाडौं उपत्यका छाड्न समेत प्रहरीको अनुमति लिनुपर्ने भएको छ।

उच्च अदालत पाटनले बलात्कार आरोपी लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएसँगै विदेश जानबाहेक काठमाडौं उपत्यका छाड्नसमेत अनुमति लिनुपर्ने आदेश दिएको हो।

‘कुनै काम विशेषका कारण प्रतिवादीले काठमाडौं उपत्यका छोड्नुपर्दा छोड्नुअघि जिल्ला प्रहरी परिसर काठमाडौंलाई सोको लिखित जानकारी दिनुपर्नेछ। सो जानकारीमा काठमाडौं उपत्यका छोड्ने र फर्फने मिति तथा उपत्यका बाहिर रहने स्थान समेत खुलाउनुपर्नेछ’,अदालतको आदेशमा भनिएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर