९ कार्तिक २०८३, आइतबार

मधेसका मुख्यमन्त्रीसहित थप तीन मन्त्रीले लिए शपथ

  • २९ पुष २०७९, शुक्रबार
Image

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्। मधेस भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित समारोहमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष उनले पथ तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। मुख्यमन्त्री यादवले भोजपुरी भाषामा शपथ लिएका थिए।

मुख्यमन्त्री यादवको सिफारिस नियुक्त तीन  बिना विभागीयमन्त्रीले पनि आजै पद तथा गोपनीयताको शपथग्रहण गरे। नवनियुक्त तीन मन्त्रीहरु नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादव, जनता समाजवादी पार्टी (जसपा) का सञ्जय यादव र जनमत पार्टीका वसन्तप्रसाद कुशवाहाले प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन्।

सत्ता गठबन्धन दल र दुई सदस्यदसहित ६३ जनाको समर्थनमा बुधबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका यादवलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि समर्थन गर्ने तयारी गरेको जनाइएको छ।

नौ सदस्य रहेको लोसपाले समर्थन गरेमा उनलाई ७२ सदस्यको समर्थन हुनेछ। शपथग्रहण समारोहमा जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, जसपा प्रतिनिधिसभा संसदीय दलका नेता रामसहायप्रसाद यादव, नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङलगायत नेता तथा सरकारी अधिकारीको उपस्थिति रहेको थियो। 

प्रतिक्रिया

सम्बन्धित खवर