कास्की- सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ। सेती नदीको खोँचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए।
उनकाअनुसार पोखरास्थित गण्डकी आस्पतालमा ३१ जनाको शव लगिसकिएको छ। पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यति एयरलाइन्सको विमानका घाइतेहरुको उद्धार कार्य जारी छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation