काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन्। स्वास्थ्यमा सुधार आएसँगै उनी शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका हुन्।
स्वास्थ्यमा समस्या देखिएपछि उपमहासचिव पुन ललितपुरको सुमेरु अस्पताल भर्ना भएका थिए। एक साताको उपचारपछि स्वास्थ्यमा सुधार आएसँगै अस्पतालले उनलाई डिस्चार्ज गरेको हो। स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि रोल्पाबाट हेलिकप्टरमार्फत ल्याएर उनलाई अस्पताल भर्ना गरिएको थियो।
उनी लामो समयदेखि जन्डिसजन्य रोगबाट पुन पीडित छन्। शुक्रबार नै सभामुख देवराज घिमिरेले अस्पताल पुगेर पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation