९ कार्तिक २०८३, आइतबार

कर्णाली प्रदेश सरकारले पायो पूर्णता, को-को बने मन्त्री?

  • ११ माघ २०७९, बुधबार
Image

काठमाडौं- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद् विस्तार गरेका छन्। शर्माले सात सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका हुन्।

बुधबार विस्तार भएको मन्त्रिपरिषद्‌मा नेकपा एमालेबाट निर्वाचित डोल्पाका जीतबहादुर मल्लले उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय, जुम्लाका टेकराज पछाईले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्।

यसअघि नै मन्त्री नियुक्त भइसकेका दैलेखका विनोदकुमार शाहले आर्थिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन्।

यस्तै, माओवादीबाट निर्वाचित सुर्खेतका कृष्ण बहादुर जिसीले कानुन मन्त्रालय, मुगुका मंगलबहादुर शाहीले भौतिक पूर्वाधार, जलस्रोत तथा ऊर्जा विकास र सल्यानका भीम प्रकाश शर्माले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन्। यसअघि कर्णालीमा सात कि आठ मन्त्रालय बनाउने विवाद भएको थियो।

उक्त विवादले मन्त्रिपरिषद् विस्तार रोकिएको थियो। कर्णालीमा माओवादी र एमालेबीच आधा–आधा कार्यकाल सरकार सञ्चालन गर्ने सहमति भएको छ। जस अनुसार पहिलो कार्यकाल माओवादीले पाएको हो।

माओवादीका शर्मा मुख्यमन्त्री पुस २७ गते नियुक्त भएका थिए। उनले पुस २८ गते एमालेका विनोदकुमार शाह र माओवादीका मंगलबहादुर शाहीलाई मन्त्री नियुक्त गरेपनि जिम्मेवारी तोकेका थिएनन्। 


प्रतिक्रिया

सम्बन्धित खवर